महासंघको साधारण सभा आजदेखि सुरु, तीन ठाउँमा भोटिङ हुने

काठमाडौं– उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि काठमाडौंमा सुरु भएको छ । कोरोनाका कारण पटक–पटक स्थगित भएको साधारण सभा शनिवारसम्म चल्नेछ ।

गत वर्ष चैत २७ र २८ गते हुनुपर्ने साधारणसभा करिब सात महिनापछि हुन लागेको हो । साधारण सभाको तयारी पूरा भएको आयोजकले जनाएका छन् । साधारण सभा तथा अधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । शुक्रबार बन्दसत्र र शनिबार निर्वाचन कार्यतालिका रहेको छ ।

नयाँ नेतृत्व चयन हुने भएकाले मतदानका लागि तीन स्थान तोकिएको छ । कोभिडको कारण एकै ठाउँमा भिडभाड हुने भएकाले महासंघको निर्वाचन समितिले महासंघको केन्द्रीय कार्यालय टेकु, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट बबरमहलमा मतदान गर्ने व्यवस्था मिलाएको छ । नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा चन्द

प्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् । ढकाल र प्रधान प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।
ढकालको प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी उम्मेदवार रहेका छन् । त्यसैगरी, प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेदवार छन् ।

 

 

प्रतिक्रिया