त्रिशूलीमा पिकअप भ्यान खस्यो, दुईको ज्यान गयो,एक घाइते

काठमाण्डौ – बिरामी बोकेर काठमाण्डौ आउँदै गरेको पिकअप भ्यान आज त्रिशुलीमा खस्दा दुइ जनाकाे जनाकाे ज्यान गएकाे छ भने एक जना बेपत्ता भएका छन साथै एक जना गम्भीर घाइते भएका हुन ।

प्युठानबाट विरामी बोकेर सो जीप काठमाण्डौ आँउदै थियो । जीप सडकबाट करिव ६० मिटर तल त्रिशूलीको चिसो पानीमा खसेको हो ।

प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका हुन् ।

घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेका छन् पिकअप र खराएकाको खोजीकार्य जारी रहेको तथा मृतकको अझै परिचय खुली नसकेको प्रहरीले जनाएको छ । फाइल तस्बिर

प्रतिक्रिया