साताको पहिलो दिन सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

गत सातादेखि निरन्तर ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक १.३८ अंक घटेर २६८८.९२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साताको अन्तिम कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको ७४ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से ओरालो लागेपनि ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (तराई), मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी र महालक्ष्मी विकास बैंकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य ६.०३ प्रतिशत बढेको छ। यस दिन हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन साहस उर्जाको शेयरमूल्य ८.७४ प्रतिशत घटेको छ।

आइतबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.१२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यता लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक १.१४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। यस दिन सो बैंकको २७ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन आईसीएफसी फाइनान्सको २४ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन नबिल बैंक र लम्बिनी विकास बैंकको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया