काठमाडौं–मुलुकले ठूलो व्यापार घाटा व्यहोरिरहेका बेला चार महिनामामै साढे तीन खर्बको व्यापार घाटा भएको छ । पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा भने घटेको छ ।
भन्सार विभागका अनुसार चार महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ भएको छ । यो पोहोरको चार महिनाको तुलनामा १२.४९ प्रतिशत गिरावट आएको हो ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ४० अर्ब रुपैयाँको सामान निर्यात भएको छ । आयात पोहोरको तुलनामा १०.६२ प्रतिशतले कमी आएको छ । निर्यातमा भने सामान्य वृद्धि भएको छ । निर्यात १०.८१ प्रतिशतले बढेको छ । कोभिडको कारण वस्तुको खपत घटेको छ । उद्योगहरु पूर्ण क्षमतमा नचल्दा आयात घटेको छ ।