बदिबास – ६ बर्षीया बालिकको हत्यापछि भएको आन्दोलनमा प्रहरीको गोली लागी एक स्थानियको ज्यान गए पछि बर्दिबासमा तनाव भएको छ ।
यो सँगै विहिवार विहान ६ बजे सम्मको लागी कफर्यु लगाइएको छ । स्थानियहरु कडा अन्दोलनको तयारी गरे पछि स्थानिय प्रशासनले बुधबार विहान ६ बजे देखि ९ बजे सम्म निषेधाज्ञा जारी गरेको थियो । साथै अहिले विहिवार विहान ६ बजे सम्मको लागी थप गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि पीडित पक्षको आक्रोशित भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई चुनौती देखिएको छ ।
आइतबारदेखि बेपत्ता भएकी बर्दिबास ५ की ६ वर्षीया बालिका गुलाश खातुनलाई करणी गरी हत्या गरिएको भन्ने खबर बाहिरिएपछि मंगलबार बर्दिबास क्षेत्रमा तनाव सुरु भएको थियो । स्थानीयले घटनाका आरोपीको घरमा आगजनीदेखि पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गर्नेसम्मको विरोध प्रदर्शनमा उत्रिएपछि प्रहरीले भिड नियन्त्रणमा लिन गोली चलाएको थियो । सोही गोली लागेर एकजनाको मृत्यु भएपछि तनाव थप जटिल भएको हो ।