अर्थमन्त्री पौडेललाई गृहजिल्लामा कालोझण्डा

काठमाडौं–अर्थमन्त्री पदसँग बुटवलको राजधानी साटेको आरोप लागेका नेकपा महासचिव विष्णु पौडेललाई गृह जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताले कालो भण्डा देखाएका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संस्था नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक बुटवलमा कालो झण्डा देखाएका हुन् ।
बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई कालो झण्डा देखाएका हुन् ।

पौडेल आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सैनामैना मा.बि रानिबगिया र पर्राेहा मा.बि. मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए । प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि पौडेललाई लाग्दै आएको छ ।

प्रतिक्रिया