राज्यलाई सवा १५ करोड व्यक्तिगत आय कर बुझाएपछि विजयकुमार शाह चर्चामा, को हुन् शाह ?

काठमाडौं–सरकारलाई व्यक्तिगत रुपमा धेरै कर तिरेपछि विजयकुमार शाह अहिले चर्चामा छन् । आन्तरिक राजस्व कार्यालयले कर दिवशको अवसरमा शाहलाई सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मान गरेपछि उनको चर्चा चुलिएको हो ।

शाहले कति कर तिरे औपचारिक रुपमा सार्वजनिक भएको छैन । शाहले व्यक्तिगत रुपमा १५ करोड २७ लाख रुपैयाँ आयकर तिरेको सञ्चार माध्यमले दाबी गरेका छन् । व्यक्तिले तिरेको कर गोप्य राखिने भएकाले विभागले औपचारिक रुपमा सार्वजनिक नगरेको हो ।

सबैभन्दा बढी कर तिरेपछि शाहको बारमो सबैको कौतुहलता छ । को हुन् शाह ? उनी मदिरा क्षेत्रका बादशाह हुन् । जावलाखेल ग्रुप अफ इण्डष्ट्रीका सञ्चालक । शाहका कम्पनी हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एशियन डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी, राज डिस्टिलरी रहेका छन् । यी कम्पनीले नेपालमा नाम चलेका रुस्लान भोड्का, गोल्डेन ओक, वार्सटाइनर वियर लगायत डेढ दर्जन बढी ब्राण्डमा मदिरा उत्पादन गरेर बजारमा आफ्नो ब्रचश्व जमाउँदै आएका छन् ।

उनका कम्पनीले तिरेको कर फरक छ । व्यक्तिगत रुपमा आयकर तिरेर सबैभन्दा बढी तिर्ने व्यक्तिको रुपमा सम्मानित भएका हुन् ।
शाहले व्यक्तिगतरुपमा गरेको आम्दानीबाट व्यक्तिगत प्यानबाट सरकारलाई धेरै कर बुझाएका हुन् । उनले तलबबाट मात्र नभएर आफ्नो व्यक्तिगत नाममा भएका सम्पत्ति बिक्री गरेर धेरै कर बुझाएको बताइएको छ ।
यसअघि व्यक्तिगततर्फ धेरै कर तिर्नेको सूचीमा सिद्धार्थ राणा थिए । राणा सिप्रदी ट्रेडिङका सञ्चालक हुन् । अहिले राणालाई शाहले उछिनेका छन् ।

प्रतिक्रिया