उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न सर्वोच्चमा रिट दायर

काठमाडौं–निर्वाचनको अन्तिम तयारी भैरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन रोक्न गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका हुन् ।

महासंघको ११ देखि १३मा हुन लागेको निर्वाचन संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत भएको भन्दै निर्वाचन रोक्न माग गर्दै रिट दायर गर्दै अन्तरिम आदेशको माग गरेका छन् । यसअघि जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा दिइएको निवेदन सुनुवाई नभएपछि शाह अदालत पुगेका हुन् ।

गत चैत २८र२९ गते हुनुपर्ने महासंघको ५४औं साधारणसभा कोरोनाका कारण पछि धकेलिएको हो । उनले अहिलेको समितिको पदावदी पहिलनै सकिएकाले अवैधानिक भएको जिकिर गरेका छन् । महासंघमा निर्वाचन नहुँदासम्म भवानी रााणा नै अध्यक्ष छन् । सर्वोच्चले मंसिर ११ गतेका लागि पेशी तोकेको छ ।

महासंघको निर्वाचन प्रक्रिया अघि बढिसकेकाले शाहको माग अनुसार अदालतले अन्तरिम आदेश दिन्छ वा दिँदैन भनेर भन्न सकिने अवस्था छैन । कोभिडको कारण निर्वाचन पछि सरेकाले शाहको माग अनुसार आदेश नआउने कानुन व्यवसायी बताउँछन् । महासंघको निर्वाचनमा चन्द्र प्रसाद ढकाल र किशोर प्रधान प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन् । निर्वाचनको सबै तयारी पुरा भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया