जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, ५ जना घाइते

बैतडी – बैतडीमा मंगलबार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु घटनास्थलमै ज्यान गएको छ ।

झुलाघाटबाट गाडलापानीतर्फ आँउदै गरेको ना १ ज २१९६ नम्वरको जिप करिव दुई बजे दुर्घटना भएको हो ।

सो दुर्घंटनामा परि अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएका छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ । घाइते र ज्यान जानेको अहिले सम्म परिचय खुल्न सकेको छैन ।

दुर्घटना पछि चालक अहिले फरार रहेका छन ।

तस्विर – सांकेतिक

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय