काठमाण्डौ – बीबीसीले सार्वजनिक गर्ने प्रभावशाली महिलाको सूचिमा म्याग्दीकी सपना रोका मगर समेत परेकी छन । १८ बर्षीया मगर १०० प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी हुन ।
उनले बेवारिसे शव ब्यवस्थापन सम्बन्धी काम गर्दै आएकी छन । उनी म्याग्दीको मंगला गाँउकी हुन ।
बीबीसीले मंगलबार सार्वजनिक गरेको १०० प्रभावशाली महिलाको सूचीमा अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योहलगायत पनि परेका छन् ।
बीबीसीको सूचीमा परेपछि सपनाले आफू गौरवान्वित भएको बताउनुभएको छ ।