गायिका शान्ती श्री परियारको मन रोएको कस्ले देख्छर ?

काठमाण्डौ – पछिल्लो समयकी लोकप्रिय गायिका शान्ती श्री परियारको आवाज रहेको निकै उत्कृष्ट गीत मन रोएको कस्ले देख्छर भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीतमा परियारले दमदार आवाज दिएकी छन । उनलाई आवाजमा विक्रम क्षेत्रीले साथ दिएका छन ।

विक्रम थापाको शब्द तथा गणेश अधिकारीको लय सिर्जना रहेको सो गीतमा साया भण्डारी लुमेस ठकुरी,सिर्जना विरही र गोपाल बर्देवाको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन निशान एसकेले गरेका छन ।

गायिका परियार पछिल्लो समय निकै चर्चामा रहेकी छन भने उनले आवाज दिएको गीतहरु धमाधम सार्वजनिक भइरहेका छन ।

प्रतिक्रिया