काठमाण्डौ – कोरोना भाइरसको महामारीले विश्वलाई थला पारेको करिव एक बर्ष पुगेको छ । आजको मिति सम्म पनि यो संक्रमणको कुनै उपचार र औषधी पत्ता लागेको छैन । तर केहि अध्ययनहरुले केहि यस्ता खानेकुराहरुको विवरण सार्वजनिक गरेको छ जुन कुराको नियमित सेवनले संक्रमणबाट बच्न सकिन्छ ।
तपाई हाम्रो घरमै सजिलै पाइने जडिबुटीहरु छन जसले हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुराउछ । शरिरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन यि कुराहरु नियमित सेवन गर्न सकिन्छ ।
वैज्ञानिकहरुले ग्रीन टी, क्रेनबेरी र अनारको जुसले कोरोना संक्रमणलाई रोक्न सक्ने दावी गरेका छन । ईन्स्टिच्युट अफ मोलिक्युलर भायरोलोजी, यूएलएम युनिभर्सिटी मेडिकल सेन्टर र जर्मनीको ईन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो नतिजा देखाएको हो ।
अध्ययनको नतिजा अनुसार यस्ता खानेकुराको सेवनले कोशिकाहरु मजबुद्ध बनाउछन र संक्रमणहुनबाट जोगाउछन । अध्ययनका क्रममा वैज्ञानिकहरुले विभिन्न हर्वल सामाग्रीहरु, इन्फ्लुएन्जा ए भाइरस, एडिनो भाइरस टाइप फाइभ र सार्स सिओभी टुलाई संगै एउटा कोठाको सामान्य तापक्रममा राखेका थिए । यही प्रयोगबाट भाइरसको संक्रामक क्षमताको निर्धारण भएको थियो ।