चक्लेट किन्न पसल गएकी ६ बर्षीया बालिकाको बलत्कारपछि हत्या

काठमाण्डौ – मानिस कति सम्म निर्दयी बन्न सक्छ ? पछिल्लो समय हाम्रो समाज कता जाँदै छ ? यस्ता धेरै प्रश्नले अहिले उत्तर खोजीरहेको छ । एक ६ बर्षीय बालिकाको बलत्कार पछि हत्याको घटनाले हाम्रो समाज कता जाँदै छ भन्ने प्रश्न उठाइरहेको छ ।

घटना हो, महोत्तरीको बर्दिबास नगरपालिकाको । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो । उनी आइतवारदेखी बेत्ता भइकी थिइन । उनको शव सोमवार राति घर नजिकैको खेतमा भेटिएको थियो ।

बालिकाको बलत्कारपछि हत्याका गरि बोरामा शव हालेर फालिएको अबस्थामा फेला परेको थियो । हत्या र बलत्कार अभियोगमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बालिका त्यस दिन चक्लेट किन्न पसल गएकी थिइन । पसलेले आफूले बालिकको हत्या गरेको परिवारका सदस्यलाई समेत बताएका थिए । बलत्कार हो या होइन भन्ने विषयमा भने प्रहरीले पोष्टमार्टम रिपोर्ट नआए सम्म केहि भन्न नसकिने बताएको छ ।

प्रतिक्रिया