सहमतिको सम्भावना टर्यो, महासंघमा ढकाल र प्रधान प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं– उद्योगी, व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । उद्योगी, व्यवसायी दुई प्यानल बनाएर निर्वाचनमा होएिएका छन् । बहालवाला उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र अर्का उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा छन् ।

अहिले वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले पनि निर्वाचनमा रस्साकस्सी बढेको छ । सहमतिको सम्भावना टरेकाले दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । बर्तमान अध्यक्ष भवानी राणा र पूर्व अध्यक्षहरुले सहमतिको प्रयास गरे पनि दुवै प्रत्यासी आफ्नो अडानबाट पछि नहटेपछि निर्वाच हुने भएको हो ।

मंसिर ११ देखि १३ गतेसम्म हुने निर्वाचनमा महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधानबीच प्रतिस्पर्धा हुने देखिएको छ । सहमतिको प्रयास भए पनि अब सहमतिको सम्भावना नभएको पूर्व अध्यक्षहरुले बताएका छन् । ढकाल प्यानलबाट वस्तुगतमा जिल्ला नगरको उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्ष रामचन्द्र सांघाई रहेका छन् । त्यसैगरी प्रधान प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा सौरभ ज्योती रहेका छन् ।

जिल्ला नगर समूहको सदस्य पदका लागि ३८ जना, एसोसिएटतर्फ ३३ जना, वस्तुगततर्फ २९ जनाको उम्मेदवारी परेको छ । ढकाल प्यानलका दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा निर्वाचन हुने भएको छ । द्विराष्ट्रिय संघमा नेपाल इन्डोनेसिया चेम्बर अफ कमर्सका अध्यक्ष सन्दीप अग्रवाल, प्रदेश १ बाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । महासंघको निर्वाचनमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय ७, त्यस्तै वस्तुगत समूहतर्फ १ सय १, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहमा १२ले मतदान गर्नेछन् । त्यस्तैगरी, एसोसिएट समूहतर्फ ९ सय २३ले मतदान गर्नेछन् ।

प्रतिक्रिया