कृषि मन्त्रालयको सचिवमा डा.कार्की सिफारिस

काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिव डा. योगेन्द्र कुमार कार्की हुने भएका छन् । रिक्त रहेको सचिव पदमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले कार्कीको नाम सिफारिस गरेको हो ।

सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवातर्फको रिक्त एक सचिव पदमा ज्येष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । एक जनाको मात्र नाम सिफारिस गरेकाले कार्की सचिव हुने पक्का भएको छ । कार्की सबैभन्दा बरिष्ठ सहसचिव हुन् । कार्कीको नाम आगामि मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ । कार्की अहिले मन्त्रालयको निमित्त सचिव छन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय