काठमाडौं–कोभिड–१९को महामारीले विश्वभर लाखौंको ज्यान गएको छ । करोडौं संक्रमित भए । विश्वभरका वैज्ञानिक औषधि तथा खोप तयार गर्न तल्लिन छन् । खोप ९०÷९५ प्रतिशत सफल भएका खबर आइरहेका बेला अर्को सुखद खबर आएको छ ।
कोरोना विरुद्धको भ्याक्सिन पहिलो पटक अमेरिकी नागरिकहरूले डिसेम्बर महिनाको सुरुवातमा नै पाउने भएका छन् । यूएस कोभिड–१९ टास्कका प्रमुख मोन्सेफ सलोईले उक्त भ्याक्सिन ११ डिसेम्बरसम्ममा पाउन सक्ने बताएका हुन् । अमेरिकामा पहिलो व्यक्तिलाई ११ डिसेम्बरमा भ्याक्सिन दिइने तयारी भएको सलोईले बताए ।
एफडीए भ्याक्सिनलाई अनुमति दिएसँगै हामी यसलाई लगाउने काम सुरु गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसका लागि सम्पूर्ण तयारी पहिले नै पूरा भइसकेको छ । अमेरिकामा १० डिसेम्बरमा एफडीएको महत्वपूर्ण छलफल हुन गइरहेको छ। यसै दिन उक्त एजेन्सीले भ्याक्सिनलाई स्वीकृती दिनसक्ने मानिएको छ ।
कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा अमेरिका पहलिो स्थानमा रहेको छ । डिसेम्बरमा भ्याक्सिन आउने खबर अमेरिकी नागरिकहरु र जो बाइडेनको आउदो सरकारका लागि एउटा महत्वपूर्ण खबर हुने बताइएको छ । अमेरिकासँगै जर्मनी र बेलायतमा पनि भ्याक्सिन छिट्टै आउने भएको छ । यि देशहरुका अनुसार, भ्याक्सिनेशन डिसेम्बरमा औपचारिक रुपमा सुरु हुनेछ ।जर्मनीका स्वास्थ्य मन्त्रीले पनि यो कुराको पुष्टि गरेका छन् कि, डिसेम्बरबाट भ्याक्सिनेशन सुरु हुनेछ । स्पेनमा जनवरीबाट भ्याक्सिनेशन सुरु हुने बताइएको छ । एजेन्सीको सहयोगमा