झापा – सात जन्मसँगै जिउने कसम खाएका ब्यक्तिलेनै जीवन लिला समाप्त गर्छ भन्ने ठीकादेवीलाई कहिलै पनि लागेको थिएन । तर जीवनको यस्तो मोड आयो जहाँ सात जन्मसाथ दिने कसम खाएका श्रीमानलेनै उनको जीवन लिला समाप्त पारे ।
घटना हो झापाको । ४७ बर्षीया चूडामणि भण्डारीले आफ्नै श्रीमती ३८ बर्षीय टीकादेवी पौडेलको हत्या गरेको खुलेको छ । प्रहरीले हत्या अभियोगमा श्रीमान भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
उनकी पत्नी ३८ वर्षीया टीकादेवी पौडेल र सोही नगरपालिका २ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका ६ जीवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा चूडमणिले दुवै जनालाई खुकुरी प्रहार गर्दा टीकाको घटनास्थलमै मृत्यु भएको हो । घाइते प्रकाशचन्द्रको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।