बाग्लुङ – बाग्लुङमा जीप दुर्घटना हुँदा एक बालिका सहित दुई जनाको ज्यान गएको छ ।
ज्यान जाने आमा छोरी हुन । बडिगाड गाँउपालिकामा सोमावार लु १ द ४३७० नम्बरको जिप दुर्घटना भएको हो । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको जिप दुर्घटना हुँदा बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ ।
दुर्घटनामा ६० वर्षीय मनकुमारी रोकना घाइते भएकी प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।