भारत – भारतीय टिभि च्यानलमा अभिनय गर्ने चर्चित अभिनेत्री लिना आचार्यको ज्यान गएको छ ।
उनको आज स्थानिय अस्पतालमा उपचारकाक्रममा ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
लामो समयदेखि मिर्गौला रोगबाट थलिएकी आचार्यको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनको निधनको खबरले उनका फ्यानलहरुले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।
चलचित्र ‘हिच्कीबाट बलिउडमा प्रबेश गरेकी लिनाले टिभी सिरियल ‘मेरी हानिकारक बीवी’ ‘सेठ जी’, ‘आपके आ जाने से’जस्ता सिरलियमा अभिनय गरिसकेकी छिन् ।