शिव हमालको लय,शब्दमा सम्झना लामिछानेको हुरुक्कै

नेपाली लोकदोहोरीको क्षेत्रमा चर्चित सर्जक शिव हमालको लय तथा शब्द सिर्जना रहेको नयाँ गीत हुरुक्कै भर्खर मात्र सार्वजनिक भएको छ ।

सम्झना लामिछाने मगर र दौलत राइको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ ।

गीत सार्वजनिक भए पछि हामीसँगै कुरा गर्दै गायिका सम्झना लामिछानेले गीत सार्वजनिक भए पछि सबैबाट राम्रो प्रतिक्रिया आएको बताउनु भयो ।

कमल सौरागको संगीत संयोजन रहेको सो गीतमा सम्झना र दौलतकोनै अभिनय रहेको छ । गीतलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन ।

.

प्रतिक्रिया