काठमाण्डौ । युवा गायक कुशल विश्वकर्माले आवाज दिएको नयाँ गीत कर्मै रुनी छ भर्खर मात्र सार्वजनिक भएको छ । उनले गीतमा निकै सुमधुर र मन छुने आवाज दिएका छन । कुशललाई सबैले सम्भावना बोकेको गायकको रुपमा हेर्ने गरेका छन ।
कुशल र रुपी सिञ्जाली मगरको आवाज रहेको निकै उत्कृष्ट गीतमा माया प्रेमलाई विषय बनाइएको छ । प्रकास रसाईलीको शब्द तथा लय सिर्जना रहेको सो गीतले माया प्रेममा विछोड हुने मायालु जोडीको कथालाई विषय बनाएको छ । गीत सार्वजनिक भएको छोटो समयमै सबैबाट राम्रो प्रतिक्रियाहरु आइरहेको गायक विश्वकर्माले हामीलाई बताउनु भयो ।
सो गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनाइएको छ । गीतलाई रमेश भिके रसाईलीले निर्देशन गरेका छन भने जुना गुरुङ,सरोज सुनार,कृष्ण आले मगरको अभिनय रहेको छ ।