अर्जुन सुवेदीको शब्द सिर्जनामा सूर्य खड्काको तीज गीत "ध्रुव तारा" (भिडियो सहित)

काठमाण्डौ । यो वर्ष तीजका धेरै गीत गाउने कलाकारहरूमा सूर्य खड्का अग्र स्थानमा छन्। उनले आवाज दिएका केहि गीतहरू सार्वजनिक भइसकेका छन् भने केही सार्वजनिक हुने तयारीमा छन्। उनले आवाज दिएको "सीताका माइती" बोलको गीत चर्चामा रहेको छ।

यसैबीच खड्काको नयाँ गीत "ध्रुव तारा" भर्खरै मात्र सार्वजनिक भएको छ। सबैलाई नचाउने खालको सो गीतको अडियो र भिडियोमा निर्माण युनिटले निकै मेहनत गरेको देखिन्छ।

सूर्य खड्का र शिवा केसीको आवाज रहेको सो गीतलाई अर्जुन सुवेदीले शब्द सिर्जना गरेका छन् भने लय भने खड्का स्वयंले तयार पारेका छन्। गीतलाई याम थापा मगरले संगीत संयोजन गरेका छन्।

जीवन कुमार ज्ञवालीको निर्देशन रहेको सो गीतमा लोमश शर्मा र नारायणी खत्रीको नृत्य देख्न सकिन्छ। गीतलाई सूर्य खड्काको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया