सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाडौं - काठमाडौं जाँदै गरेको बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका ९ रिहार नजिकै गएराति ११ बजे दुर्घटना भएको थियो।

दुर्घटनामा गेरुवा गाउँपालिका १ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाले जनाएको छ। दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

बसमा ४७ जना सवार रहेको २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ।

मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। अगाडि बसेका २ जनाको च्याप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय