काठमाडाैं - तथा लोकप्रिय गायक कमल खनाल निरन्तर नेपाली गीत संगीतमा सक्रिय छन्। देश बाहिर हुँदा होस् या देश नै हुँदा उनी आफ्नो कर्ममा लागि नै रहेका छन्।
खनालको भर्खर मात्र नयाँ गीत सार्वजनिक भएको छ। पन्चेबाजामा आधारित उनको गीत "रातो सारी निलो पछ्यौरी" छोटो समयमा दर्शकको नजरमा पर्न सफल भएको छ।
उत्कृष्ट शब्द संगीत र भिडियोसमेत बनेको उनको गीतलाई सामाजिक सञ्जालहरूमा समेत दर्शकको राम्रो प्रतिक्रिया आइरहेको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा कमल खनालको लय,शब्द र आवाज रहेको छ । गीतमा शान्ती श्री परियारले आवाजमा साथ दिएकी छन् । कृष्ण केसीको संगीत संयोजन रहेको गीतलाई स्मृति तिमल्सिनाले भिडियो निर्देशन गरेकी छन् । गीतमा अनिल पौडेल र केपिना गोतामेको अभिनय रहेको छ ।