माधब नेपाल पक्षधर नेता प्रचण्डको बचाउमा, ओली पक्षमाथि प्रहार

काठमाडौ—नेकापाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदलुलुप्त भएको आरोप लगाइरहेका बेला वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताले प्रचण्डको बचाउ गरेका छन् ।

नेकपाका दुई अध्यक्ष बीच विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता नेपाल निकट केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमु विष्णु रिजालले प्रचण्डको बचाउ गरेका हुन् । बौद्धिक नेताको रुपमा चिनिने रिजालले प्रचण्डलाई पद लोलुप भन्न नमिल्ने जिकिर गरेका छन् ।

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन प्रचण्डले दबाब दिनुपर्ने ओली पक्षधर नेताले बताइरहेका बेला रिजालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । रिजाल वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री हुँदा सल्लाहकार थिए ।

रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् —‘अरु तर्क गर्न सकिएला, प्रचण्डलाई ’पदलोलुप’ भनेको सुहाउँदैन । कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र?’ जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई ’पदलोलुप’को आरोप लगाउँदा लोकले पत्याउला र?

रिजालले प्रश्न गर्दै लेखेका छन्—‘ख्याल गरौं, प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री।यति नभइसकेपछि अरू साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन । ’

 

प्रतिक्रिया