५८ आयोजनालाई सवा ३ अर्ब रकमान्तर


काठमाडौं– सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेट सकेर विभिन्न ५८ वटा आयोजनामा अर्को आयोजनाबाट बजेट रकमान्तर गरेको छ । चालु आवको लागि विनियोजन बजेट सकेर ती निकायले थप बजेट माग गरेका हुन् । काम नभएका र बजेट खर्च नहुने आयोजनाबाट रकमान्तर गरेर यी ५८ वटा आयोजनालाई यस्तो बजेट दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयकाअनुसार गत फागुन महिनामा मात्रै यस्ता आयोजनाका लागि ३ अर्ब ३८ करोड रुपैयाँ रकमान्तर भएको छ 


अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै रकमान्तर विकासे आयोजनका लागि भएको छ । अर्थ मन्त्रालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय अन्तर्गका आयोजनमा सबैभन्दा बढी रकमान्तर भएको छ । एक करोड रुपैयाँभन्दा बढी रकम एउटा उपशीर्षकबाट अर्कोमा सारिएको यस्तो रकम फागुन महिनामा सबैभन्दा धेरै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयमा नै गएको छ 


अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार फागनु महिनामा थप बजेट निकासा विभिन्न ४६ वटा आयोजनाको लागि भएको छ । यस्तो रकम २ अर्ब ३८ करोड रुपैयाँ छ ।
सरकारले फागुन महिनामा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ । यस्तो रकमध्ये नेपाल संवत् न्यूदँ राष्ट्रिय संरक्षण समाजलाई १५ लाख र ज्यापु संस्कृति विकास कोषलाई १० लाख रुपयाँ आर्थिक सहायता प्रदान गरेको छ । यी बाहेक अर्थ मन्त्रालयले गत फागुन महनिमा मात्रै विभिन्न १७ वटा ऐन, नियमावली, कार्यविधि तथा मापदण्ड बनाउन स्वीकृति प्रदान गरेको छ । ती एने कानुन बन्दा आर्थिक दायित्व बढ्ने हुनसक्ने भएकोले अर्थको सहमति अनिवार्य चाहिन्छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय