सडक दुर्घटनामा ९को मृत्युु, ३४ घाइते

बैतडी–बैतडीमा ठूलो दुर्घटना भएको छ । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको हो ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय वैतडीले जनाएको छ । प्रहरीका अनुसार बसर सडकबाट ६०० मिटर तल खसकेको छ ।

मृत्यु हुने मध्ये सात जना पुरुष र दुई जना महिला रहेका छन् । घाइते ३४ जना मध्ये सात जनाको धनगडी र २७ जनाको डडेल्धुरामा उपचार भैरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय