काठमाण्डौ – आज साताको अन्तिम दिन नेप्से करिव ११ अंकको बृद्धिसँगै बजार बन्द भएको छ । नेप्से आज १ हजार ७ सय १८ दशमलव ५ विन्दुमा पुगेर बजार बन्द भयो ।
यो साताभरी नेप्सेमा रौनक आयो । लगातारको बृद्धिले शेयर बजार तीन बर्ष पहिलेको स्थानमा पुग्न सफल भयो । लामा समय देखि १ हजार ६ सयको विन्दुमा रहेको नेप्सेले यसै साता त्यो आँकण पार गरेको हो । आजको बृद्धिसँगै कारोवार रकम पनि चार अर्व माथी पुगेको छ ।
आज विशाल बजार कम्पनीका शेयर सदस्यहरुले सबै भन्दा धेरै कमाए । त्यसका साथै अत्य साल्ड ट्रेडिङ कम्पनीको शेयरमा समेत सकारात्मक सर्किट लागेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्द धेरै कारोवार भएको छ ।
नेप्सेका सबै सूचकमा आज हरियो देखिएको छ । साथै ब्यापार क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।