भारतमा दुर्घटनामा परि तीन नेपालीहरुको ज्यान गयो,शोकमा परिवार

दिल्ली — मंगलवार राति भारमा भएको सडक दुर्घटनामा तीन नेपालीहरुको दुखद निधन भएको छ ।

नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सु्नौलीतर्फ आइरहेको सो कार दुर्घटनामा परेको हो । कार ट्रकसँग ठिक्किँदा उक्त दुर्घटना भएको हो । सो दुर्घटनामा परि दुई जनाको घनास्थलमै र अर्को एक जनाको आगराको कृष्ण अस्पतालमा उपचारका क्रममा ज्यान गएको पारिवारीक स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा लक्ष्मीकुमारी र अन्य दुईको नाम अझ सम्म पनि खुल्न सकेको छैन । दुर्घटनामा घाइते चार जनामध्ये अर्घाखाँची घर भएका दुई जनालाई दिल्ली पुर्‍याइएको र अन्य दुईको कृष्ण अस्पतालमै उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छन् ।

प्रतिक्रिया