चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर, उपचारमा सहयोग गर्न अपिल

काठमाडौं– कोरोनाबाट संक्रमित बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर बनेको छ । राष्ट्रिय जनमोर्चाका अनुसार निमोनियाबाट पीडित केसीको स्वाथ्य गम्भिर भएपछि मेडिटिी अस्पतलालमा उपचार भैरहेको छ । केसीको स्वास्थ्य गम्भीर रहेको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

करिव एक महिनादेखी भैरहवामा रहनुभएका केसीलाई रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि पीसीआर परिक्षण गरिएको थियो । जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूलाई सहयोगका लागि अपिल गरेको छ ।

जनमोर्चाले सहयोगदाताहरूलाई राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया