उपत्यकामा फेरी लकडाउन गर्न लागिएको हो ?

काठमाडौं–कोभिडको कारण मृत्यु हुनेको संख्या वृद्धि भएपछि फेरी लकडाउनको बारेमा छलफल हुन थालेको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या धेरै भएपछि उपत्यकाका मेयरहरुले फेरी लकडाउन गर्नुपर्ने बताएका छन् ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिमा भएको छलफलमा उपत्यका नगरपालिका फोरमका पदाधिकारीले लकडाउन गनुपर्ने तर्क राखेका थिए । निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच भएको छलफलमा कोरोना संक्रमण बढेको भन्दै छठ पछि लकडाउन गर्न सुझाव दिएका थिए ।

कोडिभ व्यापक रुपमा फैलिएकाले अहिलेको चक्र तोडेरर दोस्रो तरंग आउन नदिन आवश्यक परे लकडाउन गर्नुपर्ने विषयमा छलफल भएको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले बताए । लकडाउन गर्ने निर्णय नभएको भए पनि आवश्यकता अनुसार लकडाउन गर्नुपर्ने सुझाव दिएको श्रेष्ठले बताए ।

बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरको धारणा सुनेका थिए । मुलुकभर संक्रमण तथ्याङमध्ये करीब ५३ प्रतिशत उपत्यकामै रहेको छ ।

कोरोना संक्रमितको मृत्युदर सबै निकाय जवाफदेही हुनेपर्ने सबैले बताएका थिए । निजी क्षेत्रले लकडाउन गर्न नहुने बताउँदै आएको छ । लकडाउनले मुलुकको अर्थतन्त्र चौपट भएको भन्दै लकडाउन गर्न नहुने सुझाव रहेको छ । अहिले बजार लगायत सबै क्षेत्र खुल्ला रहेको छ । सरकारका अधिकारी भने अब लकडाउन गर्ने पक्षमा देखिँदैनन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय