लगातार नेप्सेमा रौनक,सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाण्डौ – कारोवारको चौथो दिन बुधबार पनि नेप्सेमा उछाल आएको छ । आज नेप्से करिव २९ अंकले बढेको छ । आजको बृद्धिसँगै नेप्ते १ हजार ७०७ अंकमा पुगेको छ ।

नेप्सेमा आएको बृद्धिसँगै कारोवार रकम पनि चार अर्व माथी पुगेको छ । आज १ सय ९५ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्ट टेडिङ,एनआइसी एसिया ग्रोथ फन्ड,नविल इक्युटि फन्ड,सानिमा इन्स्योरेन्स,विशाल बजार कम्पनी,नागरिक लगानी कोष र हिमालयन डिष्ट्रिलरीको शेयर मूल्य करिव १० प्रतितको बृद्धि भएको छ ।

बुधवार नेपाल दुरसञ्चारको सबै भन्दा धेरै कारोवार भएको छ । आज आइसीएफसी फाइनान्सका लगानीकर्ताहरुले सबै भन्दा धेरै गुमाएका छन ।

प्रतिक्रिया