राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ ।

संक्रमण पुष्टी भएपछि उहाँको अहिले मेडिसिटी अस्पतालमा ललितपुरमा उपचार भइरहेको पारिवारीक स्रोतले जानकारी दिएको छ । करिव एक महिनादेखी भैरहवामा रहनुभएका केसीलाई रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि पीसीआर परिक्षण गरिएको थियो ।

मंगलबार मात्र काठमाण्डौ आउनुभएका केसीको अहिले अस्पतालमा उपचार भइरहेको साथै उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको अस्पताल स्रोतले जानकारी दिएको छ । पछिल्लो समय कोरोनाबाट उच्च तहका नेताहरु समेत संक्रमितहुने क्रम बढिरहेको छ ।

प्रतिक्रिया