सानिमा इन्स्योरेन्सको शेयर मूल्यमा लगातार सकारात्मक सर्किट,छोटो समयमै प्रति शेयर मुल्य ५ सय माथी

काठमाण्डौ- सर्वसाधारणको लागि आइपिओ सार्वजनिक गरि दोस्रो बजारमा कारोवार सुरु गरेको सानिमा इन्स्योरेन्सको शेयर मूल्यमा लगातार सकारात्म सर्किट सहित कारोवार भइरहेको छ ।

करिव एक हप्ताको समय भित्र यो कम्पनीको शेयर मूल्य ५ सय ४९ पुगेको छ । लगातार खरिदमा अत्याधिक चाप रहेको सानिमाको शेयरमा बुधवार भने केहि कमि देखिएको छ । विहीवार मात्र यो कम्पनीको शेयर खरिदको लागी दश लाख कित्ता सम्मको माग भएको थियो ।

निकै न्युन विक्री रहेकाे कम्पनीकाे विक्री आज भने केहि बढेकाे छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको ६ सय भन्दा धेरै कित्ताको कारोवार भएको छ । ३ सय ११ रुपैयाको अधिकतम मूल्यबाट कारोवार गरेको कम्पनीले छोटो समयमै पाँच सयको आँकडा पार गरेको छ ।

पछिल्लो समय इन्स्योरेन्मा लगानीकर्ताको आकर्षण रहेको हुँदा ७ सयको हाराहारीमा यो कम्पनीको शेयर मूल्य कायम रहने अनुमान छ । यो साताको सुरुदेखि नेपाल रिइन्स्योरेन्सको शेयरमा अत्यधिक खरिद विक्री चाप सहित लगानीकर्ताहरु झुम्मिएका थिए ।

प्रतिक्रिया