सूर्या लाइफ इन्स्योरेन्सको ११ प्रतिशत लाभांसको प्रस्ताव

काठमाण्डौ – सुर्या लाइफले आर्थिक बर्ष २०७५/७६ को आम्दानीबाट आफ्ना शेयर सदस्यहरुलाई दश दशमलव ५५ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको र्कािर्तक २५ गते बसेको बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । साधारण सभाले सो प्रस्तावमाथी विधिवत निर्णय गर्ने छ ।

कम्पनी सञ्चालक समितिले हाल कायम २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड पुग्नेछ ।

प्रतिक्रिया