युनाइटेड इदी–मर्दी हाइड्रोपावरको आइपीओ निस्कासन मिति परिर्वतन,नयाँ समय यस्तो छ

काठमाण्डौ – विहिवारदेखि सर्व साधारणको लागी आइपीओ सार्वजनिक गर्ने तयारीमा रहेको युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको मिति परिर्वतन भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनमा मिति परिर्वतन भएको कम्पनीले जनाएको छ ।

अब सर्वसाधारणरको लागी मंसिर ३ गते देखि शेयर आवेदन खुल्ने छ । यो कम्पनीले ८ लाख १२ हजार भन्दा धेरै शेयर विक्री गर्न आवेदन माग गर्ने निर्णय यस अघिनै गरिसकेको छ । आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको लागी यो भन्दा अगाडी ४ लाख २० हजार कित्ता शेयर कम्पनीले विक्री गरिसकेको छ । स्थानीयको लागी छुट्टाइएको शेयर सबै विक्री हुन सकेको थिएन । सो समेत गरेर अब नयाँ मितिमा शेयर विक्री खुल्ला गरिने छ ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ। क्यापिटलले स्थानीयलाई गत मंगलबार सेयर बाँडफाँट गरेपछि सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो। कम्पनीको आइपीओमा सर्वसाधारणहरुले न्यूनतम १० कित्ता र अधिकत्तम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया