अमेरिकी चुनावको अनुसन्धान गर्ने वरिष्ठ अधिकारीको राजीनामा रहस्यमय

अमेरिका– अमेरिकी राष्ट्रपति निर्वाचनमा बर्तमान राष्ट्रपति डोनाल ट्रपले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला अमेरिकी चुनावको अनुसन्धान गर्ने वरिष्ठ अधिकारीले राजीनामा दिएका छन् । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिए पछि यसलाई रहस्यमय रुपमा हेरिएको छ ।

सत्ताधारी रिपब्लीकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भए पछि ट्रम्पले धाँधली भएको आरोप लगाइरहेका छन् ।

महान्यायाधीवक्ता विलियम बारले राष्ट्रपति चुनावमा धाँधली भएर नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महान्यायाधीवक्ता विलियम राष्ट्रपति डोनाल ट्रप पक्षका हुन् । पिल्जरले चुनावसँग सम्बन्धित अपराधको छानबिन विभाग सम्हाल्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भए पनि नतिजा स्वीकार नगर्ने बताएका छन् । राष्ट्रपतिको पक्षका वकीलहरुले अदालतमा मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया