हास्यकलाकार राजीवका ९ बर्षे छोराले पिताको जन्म दिनमा संसार छाडे

कतिवेला कस्तो समाचार सुन्नु पर्छ भन्नेकुराको केहि पनि निश्चितता हुँदैन । आफ्नो जन्म दिनमा खुसीले केक काट्ने बेला एक कलाकारलाई भने दुखको पहाडले हानेको छ ।

भारतका चर्चित अभिनेता राजिव निगमको ९ बर्षका छोरा देवराजको पिताकै जन्म दिनको अवसरमा ज्यान गएको छ । आफ्नो छोराको मृत्यु भएको राजिवले आफ्नो सोसल मिडियामा दिएका छन् ।

छोराको र आफ्नो तस्विर सार्वजनिक गर्दै हृदयविदारक सन्देश लेखेका छन । उनले भनेका छन ‘जन्मदिनमा यो कस्तो सरप्राइज पाएँ । मेरो छोरा देवराज मलाई छोडेर गए । जन्मदिनको केक नकाटिकनै । पागल, यस्तो उपहार कसैले दिन्छ ?

राजिव निगमका छोरा देवराज सन् २०१८ मा असाध्यै बिरामी भएका थिए । त्यतिबेला देखि उनी धेरैजसो बिरामी भइरहन्थे । सन् २०१८ मा उनी केही दिन आइसीयूमा बसेका थिए ।

प्रतिक्रिया