काठमाण्डौ चलचित्रहरुमा औषत दर्शक पाएको चलचित्र ए मेरो हजुर ३ ले युउटुवमा भने राम्रो प्रतिक्रिया र दर्शकको साथ पाएको छ ।
सार्वजनिक भएको ५ दिनको अवधिमा चलचित्रले करिव ६० लाख दर्शक र १७ हजार भन्दा धेरै प्रतिक्रिया पाएको छ । चलचित्र हेर्ने दर्शकको चलचित्र प्रति औषत प्रतिक्रिया छ । उनीहरुले ठिकै भन्ने प्रतिक्रिया दिएका छन ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ंसंक्रमका कारण सिनेमा हलहरु नखुलेको बेला डिजिटल प्लेटफर्म सबैको आकर्षण बन्ने गरेको छ । मनग्य आम्दानी नभए पनि ठिकै अरु विकल्प नभए पछि अहिले चलचित्रहरु युउटुव र अन्य माध्यबाट सार्वजनिक गरिदै आएको छ ।