काठमाण्डौ केहि समय पहिला आइपिओ सार्वजनिक गरि दोस्रो बजारमा आएको सानीमा इन्स्योरेन्सको खरिदमा अत्यधिक चाप गरेको छ ।
यो समाचार तयार पार्दा सम्म सो कम्पनीको करिव 29 लाख कित्ताको लागी माग भएको छ । यो समाचार तयार पार्दा सम्म सो कम्पनीको केवद २१० कित्ता शेयर मात्र कारोवार भएको छ । माग तीस लाख माथी भए पनि विक्रीकर्ता भने निकै न्युन रहेका छन ।
प्रतिष्ठित कम्पनी भएको र यो कम्पनीको शेयर मुल्य ७ सय हाराहारी पुग्ने अनुमानले विक्रीकर्ता निकै न्युन भएको अनुमान गर्न सकिन्छ । कारोवार भएको दिन देखिनै यो कम्पनीको शेयरमा सकारात्मक सर्किक लेवलमा कारोवार भइरहेको छ । मंगलबार यो कम्पनीको प्रतिशेयर मुल्य ५ सय हाराहारीमा पुगेको छ ।
पछिल्लो समय इन्स्योरेन्स कम्पनीहरु प्रति लगानीकर्ताहरु निकै आर्कषित हुने गरेका छन । केहि दिन यहाँ नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर सबै भन्दा धेरै कारोवार ह्ुने गरेको छ ।