नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण

काठमाडौं—मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी लगानी प्रयाप्त छैन । त्यसका लागि प्रत्यक्ष वैदेशिक लगानी आवश्यक छ ।
सरकारले वैदेशिक लगानी ल्याउनका ल्याउनका लागि विदेशी लगानी सम्मेलन गर्दै आएको छ । पछिल्लो पटक नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता आकर्षित देखिएका छन् । नेपालमा लगानी गर्न धेरै अनुमति लिनेहरुमा चिनियाँ रहेका छन् ।

कोभिडको कारण सबै क्षेत्रमा असर पुगिरहेका बेला नेपालमा लगानी गर्न सात अर्ब ५३ करोड रुपैयाँ प्रतिवद्धता आएको छ । ४५ ओटा परियोजना दर्ता भएका छन् । लगानीकर्ताले सेवामूलक र पर्यटन क्षेत्रमा अनुमति लिएका छन् । नेपालमा लगानी गर्नेमा सबैभन्दा धेरै चिनियाँ रहेका छन् । त्यसपछि भारतीय रहेका छन् ।

बन्दाबन्दीमा चीन, भारत, सिंगापुर, मलेशिया, नेदरल्यान्ड लगायत मुलुकका लगानीकर्ताले आठ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको उद्योग विभागले जनाएको छ । चीनको तुलनामा भारतीय लगानीकर्ता निकै कम छ । यो अवधिमा भारतीयले चार परियोजनाका लागि ७० करोड ७५ लाख रुपैयाँ लगानीका लागि अनुमति लिएइका छन् ।

प्रतिक्रिया