काठमाडौं—नेपालकी चेली संयुक्त राष्ट्रसंघको एक निकायमा निर्वाचित भएकी छिन् । नेपालमा महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने हिंसा उन्मुलनलागि कार्यरत समिति (सिड) मा विजयी भएकी हुन् ।
संयुक्त राष्ट्र संघको उक्त समितिमा ११ जना सदस्य रहेका छन् । त्यसमा नेपालबाट राणा निर्वाचित भएकी हुन् । राणाले १३७ मत प्राप्त गरेकी थिइन् । २१औं बैठकले राणालाई निर्वाचित गरेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।
समितिमा नेपालसहित घाना, अस्ट्रेलिया, चीन, बहमास, लिथुआनिया, लेबनान, फ्रान्स, फिलिपिन्स, मेक्सिको र नेदरल्याण्डका प्रतिनिधि सदस्यमा निर्वाचित भएका छन् ।राणाले संयुक्त राष्ट्र संघमा स्वतन्त्र विज्ञको रुपमा काम गर्नेछन् । महिला विरुद्ध हुने सबै खाले हिंसा उन्मुलनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रका प्रतिनिधिहरू रहन्छन् । सिडले हरेक चार वर्षमा मुलुकको महिला अधिकारको विषयमा प्रतिवेदन तयार गर्छ ।