सम्झनाको घाँसै काट्ने खोली दोभानालाई छोटो समयमै दश लाख दर्शक,दंग परिन भण्डारी

काठमाणडाै – सुरिलो स्वरकी धनि गायिका सम्झना भण्डारीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक भएको गीत घाँसै काट्ने खोली दोभानाले सार्वजनिक भएको छोटो समयमै दश लाख दर्शक बनाउन सफल भएको छ ।

सार्वजनिक भएको छोटो समयमै गीतलाई उत्कृष्ट प्रतिक्रिया सहित दश लाख भन्दा धेरै दर्शक बनाएकाे हाे । भद्र नकालको शब्द सिर्जना तथा गीतको लय सम्झना भण्डारीले संकलन गरेकी हुन । सो गीतमा सम्झना भण्डारी,मानसिँह खड्का,खेम सेञ्चुरी र टीका सानुको आवाज रहेको छ ।

गीतलाई कमल सौरागले संगीत संयोजन गरेका छन । गीतमा मौषम हिमालीले उत्कृष्ट निर्देशन गरेका छन । गीतलाई धेरैले मन पराए पछि आर्थिक सन्देशसँग कुरा गर्दै गायिका भण्डारीले सबै दर्शक स्रोतालाई धन्यवाद ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया