यस्तो छ भाइटीकाको उत्तम साइत

काठमाण्डौ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालीहरुको महान पर्व शुभदिपावलीको विशेष दिन भाइटीकाको उत्तम साइत बिहान ११.३७ बजे दिएको छ।

आँउदो मंसि १ गते मध्याह्नकालमा जुनसुकै समयमा पनि टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेहरुको लागी यो समय उत्तम रहेको समितले जनाएको छ ।

राज्य सञ्चालकले शुभसाइतमै टीका लगाउनु पर्ने तथा अन्य सर्वसाधराणहरुले जुनसुकै बेला टीका लगाउन सकिन समितिको भनाइ छ । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु हुन्छ। त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ। त्यस्तै कात्तिक २८ गते काग तीहार र धनवन्तरि जयन्ती समेत परेको छ ।

कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। अपराह्न १.४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ।

सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय