देश भक्ति नेपालीको रगत उमाल्ने गीत “लेऊ खुकुरी लेऊ” लिएर आए नवीन पौडेल

काठमाडौ – यसो त देश प्रेमी गीतमा कलाकारको त्यति रुचि हुँदैन । अझ यसो भन्दा हुन्छ दर्शक स्रोताले पनि देश प्रेमी गीत भने पछि नाक उचाल्ने गरेका छन् । त्यही भएर पनि वर्ष भरीमा औंलामा गन्न सकिने मात्र देश प्रेमी गीत आउँछन् ।

यस्तै कम तर उत्कृष्ट गीत सार्वजनिक गर्ने कलाकारमा पर्दछन नवीन पौडेल । स्टेज कार्यक्रमका दमदार प्रस्तुती दिने पौडेलको देश प्रेमी नेपालीको रगत उमाल्ने गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

पौडेलको आफ्नै लय,शब्द तथा आवाज समेत रहेको सो गीतले देशमा भएको विकृत र विसङ्गति माथि कडा प्रहार गरेका छन् । गीतलाई पौडेलको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक भएको छ । गीतलाई धेरैले उत्कृष्ट गीत भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया