हास्य कलाकार मनोज गजुरेलका शुभचिन्तहरुलाई सुखद खवर,कस्तो छ त गजुरेलको अबस्था ?

काठमाण्डौ – कोरोना संक्रमणभई अस्पतालमा उपचार गराइरहेका चर्चित हास्यकलाकार मनोज गजुरेलको अबस्था क्रमिक सुधार हुँदै गएको पारिवारीक स्रोतले जनाएको छ ।

गजुरेलको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयुमा उपचार भइरहेको छ। उनले अहिले आफै खाना खान थालेको र हिजोको तुलनामा आज स्वास्थ्यमा उल्लेख्य सुधार भएको पारिवारीक स्रोतको भनाइ छ ।

आफ्नो स्वास्थ्य अबस्थाबारे निकै चासो बढे पछि हिजो गजुरेले आफ्नो सामाजिक सञ्जाल फेशबुकमार्फत आफुलाई क्रमिक सुधार भइरहेको जानकारी दिएका थिए ।

गजुरेललाई यहित कात्तिक ११ गते सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै आइसोलेसनमा रहेका गजुरेलको स्वास्थ्य अबस्था विग्रदै गए पछि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय