साताको पहिलो दिन नेप्सेमा रौनक, ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाण्डौ- साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेको छ । आज १२ दशमलव ४९ अंकको बृद्धिसँगै १ हजार ६ सय ४८ अंकमा बजार बन्द भएको छ ।

आज नेप्सेसँगै कारोवार रकममा समेत बृद्धि भएको छ । १ सय ९८ कम्पनीहरुको तिन अर्ब ५२ करोड भन्दा धेरैको कारोवार भएको छ ।

आइतवार ६ कम्पनीहरुको शेयर मुल्यमा सकारात्मक सर्किट लागको छ । हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग, दिव्यश्वरी हाइड्रोपावर, मिथिला लघुवित्त, यूनिभर्सल पावर कम्पनी र सानिमा जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज शेयरको अधिकांश सूचकहरुमा हरियो संकेत देखिएको छ । आज नेपाल पुनर्वीमा कम्पनीको सबै भन्दा धेरै कारोवार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय