काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई हजार ८ सय १२ संक्रमित कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा १२ हजार ३ सय ११ जनाको पिसिआर परिक्षण गरिएकोमा २ हजार ८ सय १७ जना नयाँ संक्रमित थपिएका छन । यो संगै नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट १ लाख ५७ हजार ९ सय २६ जना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यकामा मात्र थप १ हजार ५ सय ३३ कोरोना संक्रमित थपिएका छन । साथै यो अवधिमा २१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन ।