खुकुरी प्रहार गरि हत्या

मकवानपुर-अत्यन्तै मिल्ने आफ्नै साथीले हेपेको भन्दै खुकुरी प्रहार गरि हत्या गरेको खुलेको छ ।

मकवानपुरमा गत शुक्रबार एक युवकको हत्या भएको खवर आयो । हत्या हुने युवक थिए बकैया गाउँपालिका २० वर्षीय विकास वाइबा । उनलाई आफ्नै मिल्ने साथी भिमराज भोलनले हत्या गरेको खुलासा भएको छ ।

हत्या गरि फरार भएका उनलाई शनिवार ललितपुरबाट पक्राउ गरिएको मकवानपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना जानाकारी दिनुभयो ।

चौरमा बसेर चुरोट खानेक्रममा उनीहरु विच विवाद भएको थियो । त्यस पछि पटकपटक खुकुरी प्रहार गरि मिल्ने साथीको हत्या गरेको प्रहरी नायब उपरीक्षक रानाले बताउनु भयो । हामीले सोधपुछ गर्दा उनले होच्याउने गरेको र त्यो कुरा पहिलेदेखि मन नपरेको हुँदा हत्या गरेको बताएका छन्,’ डिएसपी रानाले भने।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय