काठमाडौं–अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन्् । राष्ट्रपतिका लागि आवश्यक पर्ने २७० इलेक्ट्रोल भोटमा बाइडेनले २७३ इलेक्ट्रोल भोट ल्याएका छन् ।
अहिलेसम्मको परीणाम अनुसार उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले जम्मा २१४ इलेक्ट्रोल भोट ल्याएका छन् ।
शनिबार पेन्सेल्भेनियामा भएको मत परिणामपछि बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । केही स्थानमा भने मतगणना जारी छ ।